BCAA-Logow150.jpg

Bhutanese Community Association of Akron, Inc.

News: Reporting Suspicious Activity

Home | History | Officers | Mission and Bylaws | Minutes | Strategic Plan

News | Opinion | Newsletter | Honorary Members | College

 
     
         
 

Reporting Suspicious Activity

Reporting a suspicious activity requires you to be a good observer.  That is, you need to know what is normal and what is out of place.  If something is out of place you will have a suspicion or a gut feeling that something is wrong.  Your goal is to reduce criminal opportunities by reporting your suspicions to the police.  You must also overcome any reluctance you might have in reporting these observations to the police.  When you observe any suspicious activity, your job is to report them to the police; you should not confront the suspect or get involved in an ongoing threat or crime. 

शंकास्पद गतिविधिको रिपोर्टिङ

 

शंकास्पद गतिविधिको रिपोर्टिङ गर्नलाई तपाईं निकै राम्रो पर्यवेक्षक बन्नुपर्छ । यसमा कुन सामान्य स्थिति र कुन आपत्कालीन अवस्था हो भन्ने जान्नु अति जरुरी हुन्छ ।  स्थिति वा वस्तुमा कुनै गड़बड़ी छ भन्ने बुझ्नु आवश्यक हुन्छ । कुनै सामान अनौठो अवस्थामा देखियो भने तपाईंलाई त्यो अवस्था शंकास्पद लाग्नसक्छ वा कुनै गड़बड़ी भएको आशंका हुनसक्छ । आफ्नो आशंकाबारे पुलिसलाई रिपोर्टिङ गरेर यस्ता आपराधिक गतिविधिमा नियन्त्रण गर्ने तपाईंको उद्देश्य हुनसक्छ । यस्ता शंकास्पद गतिविधिबारे पुलिसलाई सूचना दिन तपाईंमा कुनै हिच्किचाहट भए त्यसलाई तपाईंले जित्नु अनिवार्य छ । जब तपाईंले त्यस्तो कुनै शंकास्पद व्यक्ति वा क्रियाकलाप देख्नु वा सुन्नुभयो भने तत्काल पुलिसलाई रिपोर्ट गर्नु तपाईंको मूल दायित्व हो । तर, शंकास्पद व्यक्तिसित झगड़ा गरेर वा चुनौतीको स्थितिमा सामेल भएर तपाईंले अझ ठूलो खतरा मोल्नु  हुँदैन । 

 

Suspicious Activities can refer to incidents, events, individuals, or any activity that seems unlawful, unusual, or out of place.  Here are some common suspicious activities:

अनौठो वा आसामान्य देखिने कुनै घटना, दुर्घटना, व्यक्तिहरु, अवैध वा गैर-कानुनी लाग्ने कुनै क्रियाकलापहरूलाई शंकास्पद गतिविधिको रूपमा लिनसकिन्छ । यहाँ त्यस्ता शंकास्पद गतिविधिहरूको केही सामान्य उदाहरण दिइएको छः-

 

 

        - A stranger loitering in your neighborhood or running from a house, garage, or vehicle

        - Someone who is forcing entry into a house, garage, or vehicle

        - Sounds of breaking glass, gunshots, screaming, or fighting

        - Someone peering into cars or windows

        - Someone carrying what might be loot: radios, TV's, stereo, large sacks or pillowcases

        - Any unusual noise; for example, a scream, breaking glass, loud crashing, prying, or audible alarm

        - Anyone with a gun or a knife
        - A vehicle cruising the street repeatedly

        - An unknown vehicle parked on the street or in your neighbor's driveway
        - A high volume of traffic going to and from a home each day

        - A person loitering around schools, parks, or secluded areas

        - Strange odors coming from a house or building

        - Open or broken doors and windows at a closed business or unoccupied residence

        - Someone tampering with electrical, gas, or sewer systems

        - Sounds of breaking glass, gunshots, screaming, or fighting

        - Strangers removing license plates from vehicles
        - Someone loading furniture or valuables into a truck from a residence

        - A solicitor who does not have a valid reason for coming to your door, seems overly aggressive or forceful, appears hesitant, does a lot of unnecessary looking around, or asks unusual questions concerning you or your neighbor's daily schedule or habits.

-कुनै अपरिचित व्यक्ति वरपर गरिरहेको, छिमेकीको घर, गाड़ीको ग्यारेज वा गाड़ीको छेउबाट दौड़िरहेको रहेको

-कुनै व्यक्ति घरभित्र पस्न, ग्यारेज वा गाड़ीमा पस्न जबरजस्ती गरिरहेको

-सिशा फुटेको, बन्दुक पड़कीएको, कोही चिच्याएको वा मारपिट भइरहेको आवाज

-कसैले घरको झ्याल वा कारको सिशाबाट चियाउँदै गरेको

-कुनै चोरीको सामान बोकेको हुनसक्नेः जस्तै-रेडियो, टीभी, स्टेरियो, ठूलो बोरा वा सिरानीको खोलहरू

-कुनै अनौठो आवाजः जस्तै चिच्याहट, सिशा फुट्नु, जुझेको ठूलो आवाज अथवा कुनै किसिमको अनौठो शब्द-ध्वनि

-बन्दुक वा चक्कु बोक्ने कोही पनि

-एउटै सड़कमा घरी घरी ओहोर-दोहोर गरिरहने गाड़ी

-तपाईंको छिमेकीको ड्राइभ-वे अथवा घरको छेउको सड़कमा पार्क गरेको अपरिचित गाड़ी

-कसैको घरमा धेरै भिड़भाड़, दैनिक आउने-जानेहरूको खचाखच 

-स्कूल, पार्क वा कुनै निर्जन ठाउँमा अल्मलिँदै रहेको व्यक्ति

-कुनै घर वा भवनबाट आइरहेको अनौठो गन्ध

-बन्द भएको व्यापारिक भवन वा खाली निवासगृहमा खुल्ला रहेका वा भत्किएका झ्याल-ढोकाहरू

-विद्धुतीय सामग्री, ग्यास वा स्नानगृहका कुनै चीजबीजसित खेलिरहेको व्यक्ति

-सिशा फुटेको आवाज, बन्दुक पड़्कीएको विष्फोटक आवाज, चिच्याहट वा मारपिटको आवाज

-गाड़ीको लाइसेन्स प्लेट उक्काउँदै गरेको अपरिचित व्यक्ति

-कुनै घरबाट फर्निचर तथा अन्य बहुमूल्य सामान ट्रकमा उठाउँदै गरेका व्यक्ति

-तपाईंको ढोकामा आएर कुनै उचित कारणबिना  जबरजस्ति भित्र पस्न खोज्ने, धेरै उत्तेजित देखिने, त्यतिकै आत्तिएको झैं लाग्ने, धेरै यताउति हेरिरहने  अथवा तपाईं र तपाईंका छिमेकीको दैनिक तालिका र बानीब्योहोराबारे अनौठा प्रश्नहरू सोध्ने व्यक्ति

 

 

 

Reporting Persons requires you to provide as much detail as possible.  Begin with the head and work your way down.  For example: "He was a white male with red hair.  He was wearing a green shirt, jeans and sneakers." or "She was a black female about eighteen years old, short hair, heavy and wearing a pink cotton dress and flip-flops."  Here is a list of things you can include when describing a suspicious person:

        - Gender

        - Race

        - Age

        - Height and weight

        - Hair color and style

        - Complexion

        - Speech

        - Scars

        - General appearance

        - Clothing

तपाईंले रिपोर्टिङ पेश गर्ने व्यक्तिले तपाईंबाट यथासम्भव विस्तृत जानकारीको अपेक्षा राखेका हुन्छन् । टाउकोदेखि क्रमशः खुट्टासम्मको सकेजति नमूना तपाईंले दिनुपर्ने हुन्छ, जस्तैः-‘‘ऊ सेतो वर्णको छाला र रातो कपाल भएको पुरुष थियो । उसले हरियो सर्ट लगाएको थियो, जिन्स र कपड़ाको जुत्ता लगाएको थियो ’’,  अथवा ‘‘ऊ कालो छाला भएकी करिब १८ वर्षकी झैं लाग्ने छोटो कपाल भएकी, मोटी,  प्याजी रंगको कपड़ा र पत्रायुक्त चप्पल लाएकी एउटी केटी वा नारी थिई ।’’  कुनै शंकास्पद व्यक्तिबारे वर्णन गर्दा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण बुँदाहरू निम्न दिइएको छः-

-लिंग

-जातीय लक्षण वा वर्ण 

-उमेर (अनुमानित)

-अनुमानित वजन र उचाइ

-कपालको रंग र बनोट

-अन्य रंग-रूप

-भाषाको लवज

-कुनै चोटपटक वा चिन्ह

-सामान्य छवि

-पहिरन

Reporting Vehicles will require you to provide information about the vehicle, its occupants, license plate, identifying marks, and direction of travel.  Here is a list of things to report:

 

        - License plate number and state

        - Make (Ford, Chevrolet, Honda, Toyota)

        - Model (Escort, Impala, pickup truck, Camry)

        - Year

        - Color

        - Direction of travel (example: "east on State Street")

        - Occupants (example: "one male and one female, high school age")

        - Bumper stickers, damage or dents, lettering

यदि तपाईं गाड़ीबारे सूचना दिँदै हुनुहुन्छ भने गाड़ीको विवरणमा उचित ध्यान पुर्याएर विस्तृत सूचना दिनुपर्छ ।  गाड़ीमा रहेका व्यक्ति, लाइसेन्स प्लेट, पहिचानयोग्य कुनै चिन्ह र गाड़ी कुनदिशा तर्फ गएको छ? यस्तो रिपोर्टिङमा जुटाउनुपर्ने तथ्यगत विवरणः

-लाइसेन्स प्लेटको नम्बर र वितरक राज्य (स्टेट)

-बनोट (फोर्ड, चेभ्रोलेट, होण्डा, टोयोटा) आदि

-प्रारूप (एस्कोर्ट, इम्पाला, पिकअप ट्रक, क्याम्री)

-गाड़ीको निर्माण वर्ष

-रंग

-गाड़ी गएको दिशा (उदाहरणः-‘‘स्टेट स्ट्रिटमा पूर्व गएको छ’’)

-गाड़ीमा रहेका मान्छे (उदाहरणः-हाइस्कूल तहका जस्तै लाग्ने एक पुरुष, एक महिला)

-बम्परमा रहेको स्टिकर, बम्परको संरचना, त्यसमा देखिने दागहरू र लेखिएका अक्षरहरू

Reporting Locations will require you to provide a street number and name if possible.  If you don't know the address, do the best you can.  Consider the following possibilities: 

 

        - Provide cross streets or the closest major intersection

        - Provide county road numbers or mile markers along state or federal highways in rural areas

        - Provide landmarks such as buildings, bridges, parks, or hills

रिपोर्टिङ प्राप्त गर्ने निकायले तपाईंबाट घरको नम्बर, सड़क र तपाईंको नाम जान्ने अपेक्षा राख्दछ । यदि तपाईंलाई आफू भएको स्थानबारे जानकारी नै छैन भने पनि यथासम्भव तथ्य जुटाउने प्रयास गर्नुहोला । त्यस्तो अवस्थामा निम्न जनित सम्भावनाहरू औंल्याउन सक्नुहुनेछः

-नजिकको चौकोस (क्रस रोड) अथवा नजिकको इन्टरसेक्शन

-काउण्टीको रोड नम्बर, स्टेटको माइल संकेतचिन्ह अथवा देहाती इलाकाको हाइ-वे आदि

-स्थानको विवरण, जस्तैः-भवन, पुल, पार्क वा कुनै पहाड़ वा थुम्का-थुम्कीहरू

 

Do not take risks while observing or reporting.  Stay unseen and unheard as you observe and report.  Your role is to be extra eyes and ears for the police.  
पर्यवेक्षण गर्दा वा रिपोर्टिङ गर्दा कुनै खरता मोल्ने काम नगर्नु होला । घटनाको पर्यवेक्षण वा रिपोर्टिङ गर्दा तपाईं आफू कसैले नदेख्ने वा नसुन्ने ठाउँमा रहनु होस् ।  पुलिसको लागि तपाईंको भूमिकामा आँखा र कान अत्यन्तै चतुर हुनु आवश्यक छ ।

 

 
         
         
  Page prepared by Terry Kuhn and Bhakta Ghimire

टेरि क्हुनद्वारा तयार पाना               

 

     
 

Return to BCAA News Page